काठमाडौं, ३१ असार । आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिले एक कार्यक्रमबीच आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान प्रदान गरेको छ । बिहीबार चलचित्र बिकास बोर्डकै कार्यालयमा कार्यक्रम गरी सम्मान प्रदान गरेको हो ।
आदिवासी चलचित्रलाई सम्मान गर्ने संस्कार गत बर्षदेखि थालनी गरिएको हो । यस वर्षदेखि भने आदिवासी जनजाती चलचित्र क्षेत्रमा सक्रिय एक जनालाई ‘आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान’ दिने घोषणा गरिएको छ । यो वर्षको प्रतिभा सम्मान पुरस्कार मोफोसलमा बसेर आदिबासी जनजाती चलचित्रमा लामो समयदेखि क्रियाशील अरुण प्रधानलाई प्रदान गरिएको छ । उनले अहिलेसम्म लिम्बू, राई, मगर, राजबन्शी, थारु, याक्खालगायतका चलचित्र तथा बृतचित्र निर्देशन गरिसकेका छन् ।
विकास बोर्डका अध्यक्ष राजकुमार राईकै आथित्यमा सम्पन्न कार्यक्रममा २०७२ सालमा निर्माण भएर चलचित्र बिकास बोर्डमा दर्ता भएका उत्कृष्ट आदिबासी चलचित्र र सम्बन्धित जातिय सन्स्थाको सिफारिसमा प्राप्त भएका चलचित्रहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा नेवारी समुदायको ‘कृशा गौतमी’, गुरुङको ‘कर्म क्या’, किराँत राईको र ‘यारी’ रहेका छन् । अरुण प्रधानको निर्देशनमा बनेको याक्खा भाषाको पहिलो चलचित्र ‘ओम्ला’, राजवंशीको ‘दखल’ र प्रवद्र्धन समिति सम्मान चलचित्र ‘पाते–२’ ले प्राप्त गरेको छ । कार्यक्रमको सभापतित्व पवद्र्धन समितिका सहसंयोजक ज्योतिराज राईले गरेका थिए ।