क्यान्सरपीडित फागोलाई साम्याङफुङको सहयोग
screennepal
प्रकाशित: २०७३, ३० असार बिहीबार
no img

fff

काठमाडौं । साम्याङफुङ समूह हङकङको पहल क्यान्सरपीडित पाँचथरका आईन्द्र वनेम फागोलाई ५ लाख २७ हजार ३ सय ५० रुपैयाँ सहयोग गरिएको छ । हिलिहाङ हाक्पारे पालम समूह काठमाडौंको संयोजत्वमा आयोजित एक कार्यक्रमबीच फागोलाई संघीय लिम्बुवानका अध्यक्ष कुमार लिङ्देनलाई हस्तान्तरण गरेका थिए ।

fago
क्यान्सर पीडित फागोको हाल चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् । मिराककी जीवन संगिनीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष लिङ्देनले साम्याङफुङ समूह हङकङलगायत सहयोगी हातहरुलाई धन्यवाद दिए । साम्याङफुङ समूहको पहललाई निर्देशक लोकेन सावाँले राजधानीमा संयोजत्व गरेका थिए ।

loken
कर्यक्रममा बताइएअनुसार साम्याङफुङ समूह हङकङको तर्फबाट ३ लाख १२ हजार ६ सय ४७ सहयोग रकम संकलन भएको थियो भने संघीय लिम्बुवान सामाजिक मञ्च युके समितिबाट २० हजार २ सय २६, संघीय लिम्बुवान सामाजिक मञ्च युएइ ४१ हजार ७ सय ५० र संघीय लिम्बुवान कतार ३० हजार उठेको थियो । त्यस्तै, युकेका समाजसेवी विमला थेबे पन्धाक लिम्बू र किशोर तिलिहाङ चोङबाङ ५२ हजार ४ सय ५७ तथा बानु पन्धाक लिम्बू अष्ट्रेलियाको पहलमा ७० हजार सहयोग रकम संकलन भएको थियो ।

Comments