इस्लामावाद, २७ असार । यतिखेर बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सुल्तान’ को चर्चा छ । यो फिल्मले पाकिस्तानमा समेत रेर्कड तोडेको छ । सलमान र अनुष्का शर्मा स्टार रहेको फिल्म ‘सुल्तान’ले पाकिस्तानमा रिलिजको पाँचौ दिनसम्ममा १५ करोड बढीको कारोबार गरेको छ । जुन ईदको अवसरमा रिलिज भएका फिल्मको नयाँ रेकर्ड हो । यस फिल्मका निर्देशक हुन् अलि अब्बास जफर ।
पाकिस्तानमा यसको वितरक जियो फिल्मस्का अनुसार यस फिल्मले गएको वर्ष ईदमा प्रदर्शित ‘जवानी फिर नहीं आनी’ ले बनाएको रेकर्ड तोडेको छ । जियो फिल्मस् मुहम्मद नासिरले भने, ‘बजरंगी भाईजान’सहित विभिन्न पूर्ववर्ती फिल्मको अपेक्षा भन्दा बढी ‘सुल्तान’ले व्यापार गरेको छ ।’ उनका अनुसार आइतबारसम्ममा १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
यो फिल्म ५ जुलाईमा रिलिज भएको थियो । अहिले पनि फिल्मले राम्रो कारोबार गरिरहेको छ । अन्य यो फिल्मसँगै रिलिज भएका अन्तर्राष्ट्रिय र घरेलु फिल्मले बक्स अफिसमा खाशै राम्रो नभएको नासिरले बताए । यस फिल्मको प्रभाव हलिउड फिल्म ‘फाइडिङ डोरी’ र पाकिस्तानी फिल्म ‘सवाल ७०० करोड डलर का’ लाई समेत परेको बताइन्छ ।
आट्रियम सिनेमाका मालिक नदीम मन्डीवालाका अनुसार ‘सुल्तान’ पाकिस्तानमा ७ स्क्रिसमा रिलिज भइरहेको छ । ती सबै स्क्रिनमा हाउसफुल हुँदै आएको छ । –एजेन्सी