दरबारमार्गमा खुल्यो ‘क्लब उड्ल्याण्ड’
screennepal
प्रकाशित: २०७३, २६ असार आईतवार
no img

काठमाडौं, २६ असार । राजधानीको दरबारमार्गमा अर्को ढिस्को थेक थपिएको छ । ‘क्लब उड्ल्याण्ड’ नाम दिइएको ढिस्को थेकको विश्वकै कान्छा निर्देशकको रुपमा गिजिनबुकमा नाम लेखाएका सौगात बिष्ट र चपली हाईट–२ का अभिनेता एवं मोडल आयुष्मान देशराज श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शनिबार राति अबेर होटल उड्ल्याण्डमा यी दुईले क्लवको उद्घाटन गरेका हुन् ।

gg
अभिनेता आयुष्मानसँगै चपली हाईट–२ की अभिनेत्री परामिता राणा, निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन कुमार, लुट–२का निर्माता एवं वितरक माधव वाग्ले संयुक्त रुपमा केक काटेर सो क्लबमा डिस्को थिएटको शुभारम्भ गरे । केक काट्न उनीहरुलाई अभिनेता नविन लम्साल, साईब्रत आचार्य, चलचित्र हैरानका निर्देशक सौगात बिष्ट, अभिनेता गजित बिष्ट, निर्देशक सुब्रत आचार्य लगायतले साथ दिएका थिए ।
कान्छ निर्देशक सौगात बिष्टले नृत्य स्वास्थ्यका लागि हितकर भएको बताउँदै क्लब गएर नाच्न सुझाब दिए । निर्देशक एवं सञ्चारकर्मी सुब्रत आचार्यले राजधानीबासीको जीवनशैली व्यस्त र तनावपूर्ण बन्दै गएकोमा यो क्लब उड्ल्याण्डले मनोरञ्जन दिँदै तनाव घटाउन सघाउने धारणा राखे ।
New Image
अभिनेता आयुष्मान देशराजले क्लब उड्ल्याड सुविधा युक्त भएको बताए । उनले क्लबले रात्री जीवनलाई सुखद र मनोरञ्जन प्रधान तुल्याउँदै बताउँदै क्लब उड्ल्याण्डले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्माता अर्जुन कुमारले आफ्नो फिल्म चपली हाईट–२ मा पनि क्लब प्रेमीहरुको कथा समेटिएको छ भने । निर्देशक दीपेन्द्र के खनालले आफ्नो चलचित्र ३ भदौबाट प्रदर्शनमा आउने बताउँदै क्लब उड्ल्याण्डले क्लब संस्कृतिको विकाशसमा सघाउँदै दर्शकको मन जित्ने छ भने ।
क्लब उड्ल्याण्डका अध्यक्ष प्रेम श्रेष्ठले दरबारमार्ग क्लब हब बन्दै गएको बताए । नृत्यले स्वास्थ्यका लागि फाईदा पु¥याउने र मनोरञ्जन दिने बताउँदै क्लबप्रेमीहरुलाई मध्यनजर राखेर दरबारमार्गमा यो क्लब सुरु गरेको जानकारी गराए ।
क्लबका सञ्चालक सुनिल कुँवरले क्यलब उड्ल्याण्डमा अत्याधुनिक लाईट र साउड सिस्टम र ख्यातीप्राप्त डिजेहरुले सेवा रहेको बताए । । सेलिब्रेटीहरुलाई अतिथिका रुपमा निम्ता गरेर साप्ताहिक रुपमा विभिन्न प्रत्यक्ष कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी गराए ।
नाई नभन्नु ल–४ का अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले पनि क्लबको प्रसँसा गरे । उद्घाटन पछि चलचित्रकर्मी, मोडल तथा क्वब प्रेमीहरुले मन खुलेर डान्स गरे ।

Comments