मीनले सबैलाई रुवाए
screennepal
प्रकाशित: २०७३, २६ असार आईतवार
no img

काठमाडौ, २६ असार । कला पाखरीहरूको भव्य उपस्थितिले टनाटन भरिएको राजधानीको सर्वनाम नाटकघर आज फरक रङ्गको प्रस्तुतीले तरङ्ति भयो । विविध आकार र लम्बाइका बाँसुरीको ठूलो मुठोबाट बाँसुरी झिकेर जब मीन समालले राग हंसको गुञ्जन सरु गरे, सङ्गीतको मुर्छन्नमा सबै तानिँदै गए । यो क्रम करीब डेढ घण्टा चल्यो, जसमा शास्त्रीय देखि, सुगम सङ्गीत, तथा लोक बान्की देखि चलचित्रका गीतसम्म बजाएर मीन समालले सबैलाइ भावुक तुल्याए । धेरैका आँखा रसाएका थिए ।

Exif_JPEG_420
सन्दर्भ हो, जरा फाउण्डेशनले, सर्वनाम नाटकघरसँगको सहकार्यमा आयोजना गरेका मीन बहादुर समालेको एकल बाँसुरी बादनको । २०४४ मा सिन्धुली जिल्लाको अत्यन्त विकट तोश्रम खोला गाविसको कालिमाटीमा किसानको एक विपन्न परिवामा जन्मेका समाललाई एस.एल.सी पास गर्दासम्म बाँसुरीसँग उनको प्रेम छ भन्ने थाहै थिएन । पछि, काठमाडौँ आएर बानेश्वरमा घरेलु कामदारको रुपमा काम गर्दै पढ्न थालेका समाललाई उनको बाँसुरी वादन सुनेर साहित्यकार मक्तिनाथ शर्मा न्यौपानेले बाँसुरीको औपचारिक शिक्षामा लाग्न प्रेरित गरेपछि उनी बाँसुरीमा सिनियर डिप्लोमा गर्न पुगेका हुन् । उनी भागवत पुराण तथा सङ्गीतका विभिन्न कार्यक्रममा नेपाल, भारत र थाइलेण्डका विभिन्न ठाउँमा पुगेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा भावुक हुँदै समालले आफ्नो प्रेरणाको श्रोत मुक्तिनाथ शर्मालाई भगवानकै सङ्ज्ञा दिए । कार्यक्रममा बोल्दे मीनले आफूले नसोचेको उचाइँ हाँसिल गर्दै गएकोमा आफू प्रसन्न भएको शर्माले बताए ।
कार्यक्रमका मीन समाललाई जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाइँ, सर्वनाम नाटकघरका संस्थापक अशेष मल्ल, प्राज्ञ मातृका पोखरेल, लेखक विवश पोखरेल, सङ्गीतकार बुलु मुकारुङ्, कवि देवेन्द्र केसी तथा भारतीय अभिनेता मुक्ति उपाध्यायले माला, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।

Comments