‘हेल्प फर ह्यूमन’ सम्मान प्रदान
screennepal
प्रकाशित: २०७३, २५ असार शनिबार
no img

काठमाडौं, २५ असार । हेल्प फर ह्यूमन नामक सामाजिक संस्थाले शनिवार राजधानीमा एक कार्यक्रमबचि विभिन्न कलाकर्मी तथा सञ्चारकर्मीलाई समान गरेको छ । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आतिथ्यमा आयोजित कार्यक्रममा ‘हेल्प फर ह्यूमन सम्मान–२०७३’ नामले सामाजिक उत्तरदायित्व निर्वाह गर्नेहरुलाई यो सम्मान प्रदान गरेको जनाएको छ ।

geeta
कार्यक्रममा अपांगता सेवा संघका अध्यक्ष दयाराम महर्जन, पूर्वमहा सेनानी ज्ञानहरि श्रेष्ठ, साहारा असाय बाल सुधार संघकी अध्यक्ष इश्वरी गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याएको भन्दै मोडल तथा नायक पल विक्रम शाह, गायक सफल श्रेष्ठ, गायक रुपक डोटेल, शान थापा, बनिश, राम, मोडल निराजन प्रधान, आकांक्षा बस्याल, गायक सञ्जिव पुण्डासैनी, निमात्री कृष्ण चौलागाईं, प्रवेश लिम्वु, मोडल आयुष केसी, प्रदिप बास्तोला, अन्जना थापा, गायिका रेस्मा सुनुवार, डिजे जेनी, सञ्चारकर्मी गीता अधिकारी, पुविका श्रेष्ठ, अमिर गजमेर, सुनील गिरी, निलज थापा, विविक खतिवाडालगायतलाई सम्मान गरिएको थियो ।
एशियन म्युजिकका निर्देशक इश्वर गुरुङले छोटो समयमै संस्थाले उल्लखनिय कार्य गरेको भन्दै आउँदा दिनमा संस्थाका कार्यलाई जारी राख्न अनुरोध गर्दै आफूहरुले यस्ता कार्यहरुमा सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा हेल्प फर ह्यूमन र स्वेट नेपाल मर्जर भएको घोषणा गरिएको छ । स्वेट नेपालले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ । यो संस्थामा अहिले असाह्य ५२ जना बालबालिका रहेको जानकारी गराइएको थियो । स्वेट नेपालकी अध्यक्ष स्वेता केसीले अबका दिनमा हेल्प फर ह्यूमनसँगको सहकार्यले अझ सजिलो हुने बताइन ।

Comments