आयो ‘वृन्दाबन’ को गीत र प्रोमो
screennepal
प्रकाशित: २०७३, २५ असार शनिबार
no img

काठमाडौं, २५ असार । चलचित्र ‘बृन्दावन’ युनिटले असाहय तथा अपांगता भएका बालबालिकालाई भोजन गराएर आफ्नो गीत र अफिसियल प्रोमो सार्वजनिक गरेको छ । यो युनिटले शुक्रबार जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित ४६ जना बालबालिकालाई बेलुकाको भोजन गराएको हो ।

New Image
नारीप्रधान, एक्शन तथा प्रेमकथामा आधारित ‘वृन्दाबन’ मा बाँदरको अकल्पनीय प्रतिभा देख्न सकिने बताइएको  छ । चलचित्रमा बाँदर र मानव मिलेर आफुप्रति आइपरेको संकटको समाधान गर्न एकखाले अस्त्रको प्रयोग गरिएको निर्माणपक्षको भनाइ छ । रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्र  १७ भदौमा देशभर प्रदर्शनमा आउँदैछ ।

bbb
रुद्र खनाल र कमल जिसी निर्माता रहेको ‘वृन्दाबन’ का लेखक तथा निर्देशक राजबहादुर साने हुन् । चलचित्रमा किशोर खतिवडा, शिल्पा पोखरेल, दीपेन्द्र केसी, सुशील पोखरेल, प्रकाश कँडेललगायतको मुख्य भूमिका छ ।

Comments