सोनाक्षीको ‘नूर’ यात्रा सुरु
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

sonakshi

मुम्बई, (एजेन्सी) । अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो आगामी फिल्म ‘नूर’ को काम सुरू गरेकी छन् । सोनाक्षी फिल्म ‘नूर’ मा कराचीकी एक पत्रकारको भूमिकामा देखिने भएकी छन् । यिनै सोनाक्षी फिल्म ‘अकीरा’ मा झगडालु युवतीको भूमिकामा चाँडै देखिँदैछिन् । सोनाक्षीले फिल्म ‘नूर’ को सेटबाट तस्विर शेयर गर्दै ट्विटरमा लेखेकी छन्, ‘मेरो ‘नूर’ यात्रा सुरू । यसबाट नयाँ यात्रा र यसका लागि म उत्साहित छु ।’
तस्विरमा उनले हातमा क्लाप बोर्ड बोकेकी छन् । सुनिल सिप्पी निर्देशित यो फिल्म सबा इम्तियाजद्वारा लिखित पाकिस्तानी उपन्यास ‘कराची, यू किलिङ मी’ मा आधारित रहेको छ । उपन्यास २० वर्ष कराचीमा बसेर रिपोर्टर गरेकी आयशा खान केन्द्रीत छ । आयशाकै भूमिकामा सोनाक्षी देखिनेछिन् ।

Comments