छवि र रेखा पति–पत्नी नै थिए त ?
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

काठमाडौं, २१ असार । अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाबीच सम्बन्ध के हो ? धेरैले भन्थे, ‘पति–पत्नी’ तर, अब यसो भन्न पाइने छैन किनकि, उनीहरु कानुनी रुपमै अगल भएका छन् । अब छवि र रेखाबीच व्यवसायिक सम्बन्धमात्रै छ ।
हुन त रेखाले बारम्बार छविसँगको आफ्नो सम्बन्ध ‘फिल्मी गडफादर मात्रै’ भन्दै आएकी थिइन् । तर, मिडियाकर्मीले उनीहरु पति–पत्नी नै भएको जिकिर गर्दै आएका थिए । र, केही वर्षयता उनीहरुले छुट्टा–छुट्टै पनि बस्दै आएका थिए । ०६९ साल जेठमै ‘सम्बन्धविच्छेद भयो’ भन्दै छुटिएका उनीहरुले फेरि सम्बन्धविच्छेद गरेका छन् । उनीहरुले गएको आइतबारमात्रै कानुनी रुपमा डिभोर्स गरेका छन् ।

chabi
काठमाडौ जिल्ला अदालतमा प्रक्रिया पुरा गरेर उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् । रेखा र छविले डिभोर्स फाईलमा हस्ताक्षर गर्दै हल्ला चल्दै आएको दाम्पत्यसम्बन्धलाई टुंग्याएका छन् ।
यतिखेर छवि आफ्नो चलचित्र ‘किस्मत–२’ को रिलिजको तयारी गर्दैछन् । डिभोर्सले आफूलाई र चलचित्रलाई कुनै असर नगर्ने छविले बताएका छन् । छविले रेखासँग पत्नीको नभए पनि ब्यवसायिकसम्बन्ध फेरि रहन सक्ने बताएका छन् । रेखासँग डिभोर्सपछि अभिनेत्री शिल्पा पोखरेलसँग छबिले घरजम जोड्छन् कि भन्ने अडकलन सिने बजारमा गर्न थालिएको छ । तर, छविले भने त्यो सम्भावना नरहेको बताउँदै आएका छन् ।

Comments