प्रेम, धोका र बदलामा ‘वीर विक्रम’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

bbbb

काठमाडौं, २१ असार । चलचित्र प्रदर्शनमा आउनुभन्दा करिब डेढ महिना अगाडि ‘वीर विक्रम’को ट्रेलर रिलिज गरिएको छ । चलचित्र ट्रेलर युट्युबबाट रिलिज गरिएको हो । यो चलचित्रको प्रदर्शन मिति ३ भदौमा तोकिएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीका रुपमा दीया पुनको मुख्य भूमिका छ ।
यो चलचित्रको ट्रेलरमा प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको छ । अन्य चलचित्रमा भन्दा यसमा दयाहाङ स्लिम देखिएका छन् । एकमात्र नायिका दीयाको वरिपरी घुम्ने ३ युवाको प्रेमकथामा चलचित्र बनेको छ । लण्डन सीने आई प्रोडक्शनमा यो चलचित्र निर्माण भएको हो ।
यसैविच, नायक दयाहाङ राई ‘वीर विक्रम’ रिलिजका लागि अष्ट्रेलिया जाने भएका छन् । अगष्टमा अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेनमा यो चलचित्रको प्रदर्शन हुने बताइएको छ ।

Comments