‘बृन्दावन’ शिल्पाको एक्शन
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

काठमाडौं, २१ असार । चलचित्र ‘वृन्दाबन’ १७ भदौबाट प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा समाजमा हँुदै आएको अन्याय, अत्याचार र थिचोमिचो जस्ता विषयलाई उठान गरिएको छ । निर्माणपक्षका अनुसार ‘बेन्दावन’ नारीप्रधान एक्शन चलचित्र हो ।

bindraban8
रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । रुद्र खनाल र कमल जिसी निर्माता रहेको ‘वृन्द्राबन’ मा लेखन पनि निर्देशक राजबहादुरकै छ ।
चलचित्रमा शिल्पा पोखरेलको एक्शन हेर्न सकिने बताइएको छ । ‘बेन्दावन’ मा श्ल्पिाका अलावा किशोर खतिवडा, दिपेन्द्र केसी, सुशील पोखरेल, प्रकाश कँडेलका साथमा तालिम प्राप्त बादरको पनि मुख्य भूमिका छ । यसमा नृत्य रामजी लामिछाने, द्वन्द्व अष्ट महर्जन, संगीत विकास चौधरी र दीपक शर्माको रहेको छ ।

Comments