सोसल मिडियामा रुचाइँदै ‘टाढिएर गयौं…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २० असार सोमबार
no img

काठमाडौं, २० असार । हालै रिलिज गरिएको धर्मबज्र लामाको ‘टाढिएर गयौं…’ गीतको म्युजिक भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । यो भिडियो युट्युबमा सार्वजनिक गरिएको केही दिनमै राम्रो रेश्पोन्स पाएको हो ।
रोजिना श्रेष्ठद्वारा निर्मित यस म्युजिक भिडियोलाई संचारकर्मी पासाङ योञ्जनले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री तथा मोडल अनु शाहसँगै गायक लामाको केमेष्ट्री देख्न सकिन्छ । श्याम योञ्जनको एरेन्जमा सुरज योञ्जनको शब्द–संगीत रहेको यस भिडियोलाई अर्जुन तिवारीलगायतका समुहले छायांकन गरेको गरेको हो भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् ।

Comments