रिलिजअघि सुरक्षित ‘गाँठो’
screennepal
प्रकाशित: २०७३, २० असार सोमबार
no img

काठमाडौं । पोष्ट प्रोडक्सनमै चलचित्र ‘गाँठो’ ले लगानी सुरक्षित गरेको बताइएको छ । कमेरो इभेन्टले अष्ट्रेलियाका लागि १५ लाखमा यो चलचित्र किनेको छ । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेको ‘गाँठो’ का लागि उक्त पैसा तिर्न आँट गरेको कमेरो इभेन्टका राजिव भुषालले बताए । साथै, अष्ट्रेलियाबाटै अगष्ट २७ मा ‘गाँठो’ को वल्र्ड प्रिमियर गरिने जनाइएको छ ।

_MG_0573
त्यस्तै, ३५ लाखमा यसअघि हाईलाईटस् नेपाललाई ‘गाँठो’ को डिजिटल राईट्स बेचिएको छ । भ्यालीभित्र वितरणको जिम्मा लिएका गोबिन्द शाहीबाट १० लाख एडभान्स लिइसकेको र भ्याली बाहिर बितरक एफडीले मिनिमम २० लाख ग्यारेण्टी गरिसकेको छ । अमेरिका र युकेका लागि ओभसिज राईट्सका लागि कुरा भइरहेको निर्देशक सुरज भुषालले बताए ।
‘गाँठो’ मा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । यो चलचित्र ३१ भाद्रमा देशभर रिलिज हुँदैछ ।

Comments