नरगिसको तस्बिरले खलबली ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १९ असार आईतवार
no img

nargish (5)

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्रीहरु चर्चामा आउनका लागि विभिन्न हत्तकण्डा गर्छन् । यस्तै, केही समयअघि मात्र अभिनेत्री नरगिस फाखरीले ‘मलाई मान्छे होइन, कुकुर चाहिन्छ’ भनेर चर्चामा आएकी थिइन् । उनले सोसल मिडिया ट्विटरमा लेखेकी थिइन्, ‘जब कुकुरले आफ्नो मालिकलाई हेर्छ र त्यसैले उनको माया लागेर आउँछ हामीलाई ।’ त्यसलगत्तै यी अभिनेत्रीले अर्को ट्विट गरेकी थिइन्, ‘मलाई मान्छे होइन, कुकुर चाहिन्छ ।’
‘कुकुर’ काण्ड सेलाउन नपाउँदै यिनै अभिनेत्री अहिले फेरि चर्चामा आएकी छन् । यसपटक नरगिस आफ्नो तस्विरका कारण चर्चामा आएकी हुन् । नरगिसले सोशल साइट इन्स्टाग्राममा बिकनी तस्विर शेयर गरेर आफ्ना फ्यानहरुबीच खलबली मच्चाएकी छन् । उनले शेयर गरेका सबै तस्बिर ग्ल्यामरस छन् । स्मरणीय कुरा, केही समय अघिमात्र उनको उदय चोपडासँग ब्रेकअपको खबर बाहिरिएको थियो । तर, उदयले यसबारे मुख खोल्दै भने, ‘नरगिस अहिले पनि मेरो राम्रो साथी हो ।’ नगरिस चाँडै अभिनेता रितेश देशमुखका साथ फिल्म ‘बैंजो’ मा देखिँदैछन् ।

nargish (4) nargish (3) nargish (2) nargish (1)

Comments