खलपात्रले कविता सुनाउने
screennepal
प्रकाशित: २०७३, १९ असार आईतवार
no img

काठमाडौं, १८ असार । भीड र हल्लाहरुभन्दा पर बसेर चुपचाप बेग्लै स्वादका कविता लेखिरहेका चितवनका कवि मुकुन्द खलपात्र आफ्ना भर्जिन कविताहरुका साथ राजधानीमा प्रस्तुत हुने भएका छन् ।

mukunda khalpatra

असार २४ गते प्रज्ञा भवन कमलादीमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह चितवनले आयोजना गर्न लागेको कार्यक्रममा उनले आफ्ना करिब डेढ दर्जन कविता सुनाउने छन् । आफूले उक्त कार्यक्रममा सुनाउने सबै कविताहरु अहिलेसम्म भर्जिन अर्थात् अप्रकाशित रहेको खलपात्रले बताए ।

चितवनमा थिएटर निर्माणार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले देशव्यापी ‘एकल कविता पाठ’ अभियान सञ्चालन गर्न लागेको र सोही अभियानको यो दोस्रो शृङ्खला भएको कार्यक्रम संयोजक असीम हमाल बताउँछन् । हमालका अनुसार अभियानको थालनी तीन महिनाअघि चितवनबाटै आरम्भ भइसकेको छ । अभियानको पहिलो शृङ्खलामा कवि श्रवण मुकारुङलाई प्रस्तुत गरिएको थियो ।
रङ्गकर्ममा समेत अभिरुचि राख्ने खलपात्रले अहिलेसम्म अप्रकाशित कवि एकैचोटि राजधानीको मञ्चमा कविता सुनाउन लाग्दा आफूलाई थोरै असहज लागिरहेको भए पनि धेरै चाहिँ उत्साहित भएको बताउँछन् ।

Comments