‘डि–सिने अवार्ड’ साउन २९ गते पोखरामा
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

काठमाडौं, १७ असार । ‘डि–सिने अवार्ड’ को आठौं संस्करण पोखरामा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रियशनका अनुसार अवार्डको आठौं संस्करण पोखराको पाँचतारे होटल ग्राण्डमा २९ साउनमा हुने निश्चित भएको छ ।

shanti p

अवार्ड कार्यक्रमका अध्यक्ष शान्तिप्रियका अनुसार होटेल पोखरा ग्राण्डका सेल्स म्यानेजर कमल शेरचनबीच आउँदो २९ साउनमा अवार्ड गर्ने समजदारी भएको छ । पोखरामा आठौं ‘डि–सिने अवार्ड’ सम्पन्न गर्नका लागि शोभित बस्याल, गणेश ढकाल एवं बोधराज रेग्मीसहितको तीन सदस्यीय स्थानीय संयोजन समितिसमेत गठन गरिएको छ । पोखराको विरौटामा अवस्थित ग्रान्ड होटलमा आयोजना गर्न लागिएको कार्यक्रम संयोजक मणिराज गौतमले बताए ।
राजधानी केन्द्रीत चलचित्रको प्रबद्र्धन, सम्बद्र्धन एवं विकास र विस्तारलाई आत्मसात गर्दै आएको भएपनि यस वर्षबाट पर्यटकीय नगरी पोखरामा गर्न लागिएको आयोजकले जनाएको छ । ‘नयाँ वर्ष नयाँ हर्ष घुमफिरको वर्ष’ भन्ने नाराका साथ पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्दै मनाइरहेको अवस्थामा यसरी पोखरामा अवार्ड आयोजना गरिन लागेको पनि जनाइएको छ । डिजिटल फम्र्याटका चलचित्रलाई लिएर ८ वर्षदेखि यो अवार्ड निरन्तर हुँदै आएको छ ।

Comments