फ्राईडे फिल्म : लिभिङ टुगेदरको जडमा ‘अनमोल क्षण’
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

काठमाडौं, १६ असार ।  यतिखेर भारत सिक्किमका फिल्म निर्माता किशोर दुङ्माली राई काठमाडौमा छन् । किशोर निर्मित नेपाली फिल्म ‘अनमोल क्षण’ यो शुक्रबारबाट सिनेमा हलमा लागेको छ । त्यसैले उनी यहाँ आएका हुन् । रिलिज हुनअघि खाशै चर्चामा नआएको यो फिल्म सिक्किमै बनेको हो । त्यसैले पनि सिनेमा हलमा ‘अनमोल क्षण’ नामको फिल्म पनि लागेको छ है भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर, निर्माता किशोरका अनुसार ‘अनमोल क्षण’ युवापुस्ताले एकपटक हेर्ने पर्ने फिल्म हो । यो फिल्म राजधानी र मोफसलमा गरी करिब तीन दर्जन सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

aaaa
‘अनमोल क्षण एक सन्देशमूलक फिल्म हो’, उनले भने, ‘फिल्ममा पछिल्लो समय युवायुवतीमा बढ्दै गएको ‘लिभिङ टुगेदर’ को विषयलाई उठान गरेका छौं ।’ यो फिल्मले समस्यासँग कसरी जुध्ने भन्ने सन्देश दिने किशोरले सुनाए ।
‘लिभिङ टुगेदर’मा समस्या निम्तिएपछि युवायुवतीहरु आत्महत्यासम्म गर्न पुगेको उदाहरण समाजमा देखिरहेका छौं । त्यसैले मध्येनजर गर्दै फिल्म ‘अनमोल क्षण’ मा यसबारे उठाएको निर्माता किशोरले दावी गरे । निर्माता किशोरले भने, ‘यस फिल्मले समग्रमा भन्नुपर्दा जीवनको हरेक क्षण अनमोल छ सन्देश दिन्छ ।’

anamaol film
राधा थापाको प्रस्तुति तथा अनमोल गुरुङको निर्देशन रहेको यस फिल्मले भारतको पूर्वोत्तर राज्य आसाममा आयोजित ‘सिने पराग अवार्ड–२०१६’ उत्कृष्ट चलचित्र, अभिनेता र अभिनेत्रीको अवार्ड जित्न सफल भएको थियो । फिल्ममा स्नेहा दुङ्माली राई, सालोम काबो लेप्चा र अनुरुप राईको मुख्य अभिनय छ । सिक्किम, दार्जिलिङ, कोलकोत्ता र कालेङ्बुङमा छायांकन गरिएको यस फिल्ममा गीत तथा संगीत आनन्द राई र अनमोल गुरुङको रहेको छ ।

Comments