OFFBEAT : सिसेक्पा तङ्नाम मनाउँने तयारीमा कियाचु पोर्चुगल
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

काठमाडौं । किरात याक्थुङ चुम्लुङ पोर्चुगलले आफ्नो दोस्रो वार्षिकोत्सव तथा लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम भव्य रुपमा मनाउँने तयारी गरेको छ । यही आइतबार पोर्चुगलको राजधानी लिस्बोनमा विभिन्न लिम्बू तथा नेपाली सांस्कृति कार्यक्रमसहित वर्षगाँठ मनाउँने तयारी गरिएको कियाचु पोर्चुगलका एक पदाधिकारी रिपुजंग निङ्लेखुले बताए ।

ssss
उनका अनुसार गत वर्ष पनि कियाचुले भव्यता साथ वार्षिकी मनाएको थियो । अनलाइनमा कुरा गर्दै उनले भने, ‘पोर्चुगलमा रहेका सम्पूर्ण याक्थुङ (लिम्बूहरु) भेला भएर दोस्रो वार्षिकोत्सव तथा सिसेक्पा तङ्नाम मनाउँदैछौं । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको छ ।’
कार्यक्रममा गायक दीप किरणलगायत एक दर्जनभन्दा बढी कलाकारले आफ्नो कला तथा गीतसंगीत प्रस्तुत गर्ने भएका छन् । दीप किरणले नेपालमा एक दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु भइ राति साढे ११ बजेसम्म कार्यक्रम चल्ने बताइएको छ ।
कार्यक्रम लिम्बू कला, संस्कृति र संस्कार झल्काउँने च्याबु्रङ तथा धान नाच समेत हुने बताइएको छ । कियाचुको कार्यक्रम भएपनि त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई आवद्ध गराइने रिपुजंगले बताए । ‘यो कार्यक्रम किरात याक्थुङ चुम्लुङको मात्र नभइ यहाँ रहेका हामी सबै नेपालीको कार्यक्रम हो’ उनले भने, ‘यस्ता किसिमका कार्यक्रमले नेपालीलाई एकतामा बाँध्ने हाम्रो विश्वास हो ।’ कार्यक्रममा सिसेक्पा तङ्नामको शुभकामना आदान–प्रदान समेत हुनेछ ।

Comments