मुम्बई । बलिउड सुपरस्टार रजनीकान्तको फिल्म ‘कबाली’ १५ जुलाईमा रिलिज हुँदैछ । रजनीकान्तको फिल्मको एक किसिमको फरक क्रेज छ । तर, यसपटक फिल्मको प्रमोशन पनि फरक रुपमा गरिएको छ ।
हालै एयरलाइन्स कम्पनी एयर एसियाले ‘कबाली’ सँग एयरलाइन पार्टनर बनेका छन् । पार्टनर बनेपछि एयर एसियाले रजनीकान्तको फ्यानका लागि शानदार अफर राखेका छन् । एयर एसियाले ‘कबाली थिम’ माथि आफ्नो केही प्लेन पेन्ट गरेको छ । उनले फिल्मको पोस्टर र स्टिकर्सले प्लेन सजाएको छ ।
बैंगलरमा हुनेका लागि ‘कबाली’ को रिलिज १५ जुलाईमा चेन्नई गएर फस्र्ट दिन फस्र्ट शो हेर्न सक्नेछन् । त्यसका लागि विशेष फ्लाइटको व्यवस्था गरिएको छ । पा. रञ्जित निर्देशित ‘कबाली’ एक ग्याङस्टारमा आधारित छ । फिल्ममा रजनीकान्तका अलावा राधिका आप्टे, कलैअरशन, धनसिका र ऋतविकाको मुख्य अभिनय छ ।