अक्षयको ‘रूस्तम’ टीजर रिलिज (भिडियो)
screennepal
प्रकाशित: २०७३, १६ असार बिहीबार
no img

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको महत्वकांक्षी फिल्म ‘रूस्तम’ ट्रेलर रिलिज भएको छ । यस फिल्ममा अक्षय कुमार नौसेनाका अधिकारी रूस्तम पावरीको भूमिकामा देखिँदैछन् । यस फिल्ममा ईमानदार अफिसरको देशभक्ति सवाललाई उठाइएको छ । यसअघि पनि अक्षयले सुरक्षा अधिकारीको भूमिका गरिसकेका छन् । उनी फिल्म ‘होलिडे : अ सोल्जर इज नेभर अफ ड्यूटी’ मा सैनिक अधिकृतको भूमिकामा देखिएका थिए ।
यो फिल्म ऋतिक रोशनको फिल्म ‘मोहनजोदारो’ सँग जुद्दैछ । यी दवै फिल्म एकैदिन १२ अगस्टमा रिलिज हुँदैछ । अक्षयको ‘रूस्तम’ लाई टिनु सुरेश देसाईले निर्देशन गरेका हुन् । भने ऋतिकको ‘मोहनजोदारो’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । (एजेन्सी)

Comments