गीतकार डीआरको ‘आत्मभाव’ सार्वजनिक
screennepal
प्रकाशित: २०७३, १५ असार बुधबार
no img

काठमाडौं । गीतकार डीआर गीति संग्रह ‘आत्मभाव’ लिएर आएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र साहित्यिक पत्रकार संघले एक कार्यक्रम गरी गीतकार डिआरको एल्बम सार्वजनिक गरेको हो ।
अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा एल्बमको नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले विमोचन गरेका थिए । सो अवसरमा बास्कोटाले स्रष्टा डीआरको प्रशंसा गर्दै विमोचित कृतिभित्रका गीतहरु अब्बल दर्जाको रहेको बताए ।

FB_IMG_1467161212705_resized_1
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, प्राज्ञ वरिष्ठ गीतकार उन्नती बोहरा शीला, संगीतकार सन्तोष श्रेष्ठ, रामबाबु सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सर्जक भिमार्जुन आचार्य, अच्युतरमण अधिकारी, मिलन मोक्तान, शिवहरी पौडेल, डा. सुरेन्द्र केसीलगायतको उपस्तिथि थियो । कार्यक्रममा गायकहरु थिरज राई, विजय परियार, विमल गौत्तम र विनोद राईले डीआरको गीतहरु गाएका थिए ।

Comments