सत्यराजको ‘बुझेन मायाँले’ मा सुरविना (भिडियो)
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

काठमाडौं । गीतकार सत्यराज चौंलागाईको ‘बुझेन मायाँले…’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोलाई ओपेरा ट्युन्सले सार्वजनिक गरेको हो । यस गीतमा बादल लिम्बु र शुवानी मोक्तानको स्वर छ । सत्यराजको शब्द रहेको यस गीतलाई बादलले नै संगीत गरेका हुन् । यो गीत सत्यराजको ‘माया–२०१६’ नामक एल्बममा समावेश छ ।
गीतमा मायाप्रेम र बिछोडको समायोजन छ । यस भिडियोको निर्देशन सत्यराजले नै गरेका हुन् भने यस भिडियोमा अभिनेत्री सुरविना कार्की, विरेन्द्र गुरुङ र सन्तोषकुमार थापाले अभिनय गरेका छन् ।

Comments