सलमान अभिनीत ‘सुल्तान’को यस्तो छ शीर्ष गीत (भिडियो)
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

नयाँदिल्ली, (एजेन्सी) । बलिउड स्टार सलमान खान अभिनीत पछिल्लो फिल्म सुल्तानको टाइटल गीत रिलिज भएको छ । यसको बोल ‘सात आसमा चिरे, सात समुद्र पिरे’ रहेको छ । यस गीतलाई इरशाद कामिलले लेखेका हुन् भने सुखविन्दर सिंहको स्वर रहेको छ । गीत रिलिज गरेपछि निर्देशक अलि अब्बास जफरले ट्विटरमा शेयर गरेका छन् । यी निर्देशकले फिल्म रिलिजको मितिसमेत निश्चित गरेका छन् । उनका अनुसार ‘सुल्तान’ ६ जुलाई २०१६ मा रिलिज हुनेछ । यशराज फिल्मस्द्वारा निर्मित यस फिल्मलाई हरियाणाका पहलवान सुल्तान अलि खानको कथामा आधारित भनिएको छ । फिल्म्ममा सलमानका अलावा अनुष्का शर्माको पनि मुख्य अभिनय छ ।

Comments