म त तिम्रै हुँको ‘फ्रि योर शेल्फ…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

ma ta

काठमाडौं । पछिल्लो महँगा नायक कहलिएका अनमोल केसी निर्मित चलचित्र ‘म त तिम्रै हुँ’ को एउटा गीत सार्वजनिक गरिएको छ । ‘फ्रि योर शेल्फ…’ बोलको गीत रलिज गरिएको हो । अनमोल अभिनीत चलचित्र हिट भइरहेका बेला उनी निर्मित ‘म त तिम्रै हुँ’ आउन लागेको हो । यो चलचित्र ७ श्रावणमा रिलिज हुने बताइएको छ ।
रिलिज गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ । संगीतकार बस्नेतसँगै अल्मोडा राना र सञ्जिमाको आवाज रहेको यस गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीसँगै जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का, अर्जुन खड्का र सुशील काफ्ले देख्न सकिन्छ ।
करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’जस्ता चलचित्रमा अभिनय गरेकी सुस्मिता केसीको मुख्य लगानी रहेको ‘म त तिम्रै हुँ’ लाई श्रीराम महतले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=gQp-dEnol3E&feature=youtu.be

Comments