‘ड्राईभर दाई’की सिमा !
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

काठमाडौं । गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई प्रस्तुत गरिएको फिल्म ‘ड्राइभर दाई’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । बिजी फिल्मस् प्रालिको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता तथा निर्देशक रहेको फिल्मको फष्टलुकमा फिल्मका कलाकारलाई देखाइएको छ ।

IMG_5019 copy copy
फिल्मका निर्देशक बलामीका अनुसार फिल्मले ड्राइभर पेशाको परिभाषालाई बदल्ने दाबी गरे । ‘धेरैजनाले गाडीको ड्राइभर भनेर उनीहरुलाई हेय भावले हेर्ने गर्दछन्, तर ड्राइभर पनि राम्रो र सभ्य किसिमको काम गर्ने मानिस हो भन्ने कुरा फिल्ममा देखाउन खोजेका छौं,’ निर्देशक बलामीले भने,‘दर्शकले फिल्ममा ड्राइभरको संघर्षसँगै उसको प्रेम र एक्सनलाई पनि हेर्न पाउनेछन् ।’

4 x 9
आगामी भाद्र ३१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्ममा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह–निर्माता छन् । फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

Comments