सुर्यामा सबथोक छ : तस्बिरमै बोल्छिन् सुजाता (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

sujata kc, screennepal (1)

काठमाडौं । कलाकारितामा धैर्यता र लगनशीलता अपरिहार्य मानिन्छ । गायिका तथा मोडल सुजाता केसीको मान्यता पनि यही छ । उनी भन्छिन्, ‘प्रतिभा र आत्मविश्वास सफलताको कडी हो, जसमा धैर्यता र लगनशीलता अपरिहार्य हुन्छ ।’ आफू अभिनीत चलचित्र ‘सुर्या : द पावर’ रिलिजको संघारमा फोटोसुट गराउँदै यी गायिकाले भनिन्, ‘मिहिनेतअनुसार कामको प्रतिफल खोज्नुपर्छ । यो मेरो पहिलो चलचित्र हो, त्यसैले ‘सुर्या : द पावर’ बाट धेरै अपेक्षा गरेकी छैन ।’ सुजाताको डेब्यु यो चलचित्र यही शुक्रबार अर्थात् १७ असारबाट सिनेमा हलमा आउँदैछ । यो चलचित्रको रिलिजसँगै उनी ‘अभिनेत्री सुजाता’ हुनेछिन् । गायिका, मोडल हुँदै अभिनेत्री बनेकी सुजाता भन्छिन्, ‘मेरो गायन त सुन्नु भएको छ, अब एकपटक मेरो अभिनय पनि हेर्नुहोला ।’ यो ‘दर्शकले एकपटक सुर्या : द पावर’ हेरिदिउँन्’ भन्ने उनको आशय हो । गणेश केसीको निर्माण र क्रान्ति केसीको निर्देशन रहेको यस चलचित्रमा सुजाताले गाएकी पनि छन् । दक्षिण भारतीय शैलीको ‘सुर्या : द पावर’ मा सुजाताका अलावा मुकेश ढकालको पनि मुख्य अभिनय रहेको छ ।
हेर्नुस्, ‘सुर्या : द पावर’ अभिनेत्री सुजाताको तस्बिर पावर : 

sujata kc, screennepal (5) sujata kc, screennepal (4) sujata kc, screennepal (3) sujata kc, screennepal (2)

sujata kc, screennepal (6)

Comments