आर्ट काउन्सिलमा ‘ब्ल्याक भ्वाइस’ शीर्षका चित्रहरु
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

काठमाडौं, १३ सोमबार । मिथिला येँ आर्ट ग्यालरीको आयोजनामा कलाकार हरिओम मेहत्ताको तेस्रो एकल कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा आइतबारबाट सुरु भएको छ । ‘ब्ल्याक भ्वाइस’ शीर्षकमा गरिएको सो प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले भनिन्, ‘विभिन्न देशमा राज्यलाई सुझाव दिन चित्र बनाउने गर्दछन् । सर्वसाधारणको ध्यान नपुगेको विषयमा समेत कलाकारले कलाका माध्यमबाट परिवर्तनका विषयलाई उठाउन सक्छन् । हरिओमले पनि कलामार्फत गरेको प्रयास सराहनीय छ ।’

???????????????????????????????
सत्य घटनालाई समेटेर रङको माध्यमबाट कलात्मक रुपमा जनता माझ समसामयिक सन्दर्भलाई जोडेका चित्र प्रदर्शनमा राखेर हरिओमले सामाजिक राजनीतिक विषयलाई उठाउन खोजेको मिथिला येँ ग्यालरीका सञ्चालक एवम् प्रदर्शनीका आयोजक कलाकार श्यामसुन्दर यादवले बताए । उनले थपे, ‘देशमा समावेशी चरित्रको समाज निर्माण गर्ने विषयमा कलाकार पनि सजग छन् भन्ने तर्कलाई यस प्रदर्शनी बल पु¥याएको छ ।’
प्रदर्शनीमा कलाकार मेहत्ताले मधेश आन्दोलन र त्यहाँको परिवेशलाई कलात्मक रुपमा उठाएका छन् । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएपछि मधेशमा भएको आन्दोलनलाई मुख्य विषय बनाइ कलाकारले राज्यले अधिकार माग्दा दमन गरेको विषयलाई निकै प्रभावी रुपमा चित्रण गरेका छन् ।

???????????????????????????????
नेपाली कलामा आफ्नो अधिकारका लागि सांस्कृतिक रुपमा कलाकारले चित्र बनाएर प्रदर्शनी गरेको विरलै पाइन्छ । यसमा कलाकार मेहत्ताले मधेशको समस्या र त्यसमा चासो नदिंदाको परिणामबाट अनाहकमा जनता मारिएको विषयलाई निकै मार्मिक रुपमा उठाएका छन् ।
त्यस्तै कलाकार मेहत्ताले भूकम्प, नाकाबन्दी र त्यसले नेपाली समाजमा पारेको प्रभावलाई समेत उनले चित्रमार्फत सबल रुपमा उठाएका छन् । मधेशमा समस्याको रुपमा रहेको दहेज प्रथालाई समेत उनले बिम्बात्मक रुपमा उठाएर त्यस्ता प्रवृत्ति विरुद्ध समाजमा जनचेतना ल्याउनुपर्ने बताएका छन् । चित्रहरु अन्यायको विरुद्धमा एक न्यायिक आवाजको रुपमा प्रदर्शनी गरेको कलाकार मेहत्ताले बताए । उनले थपे, ‘देशमा घटित घटनाहरुलाई कलात्मक रुपले सन्देशात्मक रुपमा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’ प्रदर्शनी एक हप्तासम्म रहने आयोजकले बताए ।

Comments