अष्ट्रेलियाको सिड्नीमा भावनामा पोखिए कवि बसन्त
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

काठमाडौं । प्रेमिल काव्य सिर्जनामा एक दशकभन्दा लामो अवधिदेखि निरन्तर आबद्ध कवि÷गीतकार बसन्त चौधरी कवितामा माया प्रेममात्र खोज्दैनन्, देशप्रेमको न्यानो अंगालो पनि खोज्छन् । गीत अनि गजलमा उत्साह र उमंग मात्र होइन कि साहस र प्रेरणा पनि थप्छन् उनी ।

Bashanta chaudhari, screenneapl
यिनै कवि बसन्त चौधरी शनिबार अष्ट्रेलियाको सिड्नीमा नेपालीमाझ उन्मुक्त गुन्जिए । अष्ट्रेलियामा एकै खाले कार्यक्रम हेर्दा हेर्दा फरक खोजिरहेको अवस्थामा साँच्चि नै चौधरीको एकल विश्ब काब्य यात्राबाट सिड्नीबासी नेपालीहरूले नयाँ स्वाद र प्रस्तुतिको अनुभव गरे ।

आधा उमेर आफ्नो सपना छरेको छु,
कुन्नि कति फलेको छु, कति झरेको छु ।
त्यसो त जीवनयात्रा मरुभूमि झैं थियो,
सपनामा चाँहि धेरै, खोला तरेको छु ।

अनगिन्ति सास त हो फेरेँ उमेर भरी
थाहा छैन आपैmभित्र म, कतिको मरेको छु ।

चाहना सुनामीभित्र डुब्दै गईरहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु ।
कस्तो छ क्षण यो कस्तो यसमा म खै जिएको
तर मर्न निम्ति जीउने, बाचा गरेको छु ।”

बसन्त चौधरीको यो भावसँगै एक छिन सिड्नीको हल तालीले गुन्जायमान भयो । साँच्चै सिड्नीबासी नेपालीहरूले नौलो र फरक कार्यक्रममा सहभागी हुन पाएको अनुभव गरे । उनीहरू अल्हादित रहे, साँच्चै नेपालमै भएको महसुस गरे ।
एन.आर.एन. अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए – ‘मन छुने साहित्यिक प्रस्तुतीले आनन्द आयो ।’ एन.आर.एन.आई.सी.सी. सदस्य बालचन्द्र भट्टराईले थपे – समसामयिक विषयका तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमा नै नौलो अनुभूति र स्वाद बाँडेको छ ।’
चौधरीको यो एकल प्रस्तुतिमा सिड्नीबासीलाई आफ्ना एकल सिर्जना पस्कन पाउँदा साहित्यकार चौधरी पनि उत्साहित देखिन्थे । उनले भने – “म तपाईहरूको माया र स्नेहले नै सिर्जनाका शब्दहरू बुन्ने गर्छु ।”

Comments