उज्ज्वलले गाए ‘धनकुटा हिले’
screennepal
प्रकाशित: २०७३, १० असार शुक्रबार
no img

काठमाडौं । पछिल्लो समय गायकहरु संगीत गर्नतिर लागेका छन् भने संगीतकारहरु चाहिँ गाउन । यसरी बाटो फेर्नेहरुको एउटै भनाइ छ, ‘दामलाई संगीत र नामका लागि गायन ।’ यस्तै, संगीकारका रुपमा स्थापित उज्ज्वल थेबे लिम्बू पनि गायनमा ढल्केका छन् ।

dhankuta
दर्जनौ गीत र केही चलचित्रमा संगीत गरेर चर्चामा आएका उज्जवले आफ्नै स्वरमा ‘धनकुटा हिले’ नामक पूर्वेली लोक आधुनिक गीति एल्बम ल्याएका छन् । एल्बम सार्वजनिक गरेपछि यी संगीतकार तथा गायकले भने, ‘चर्चामा आउनका लागि गाउनै पदोरै’छ ।’
पूर्वको पर्यटकिय जिल्ला धनकुटा र हिले जोडेर एल्बमको नाम ‘धनकुटा हिले’ राखेका उज्ज्वलले भने, ‘खाश म संगीतकार नै हुँ । तर, संगीतकार सधैं पर्दा पछाडि भइँदोरहेछ । साथीहरुको सल्लाह र हौसलाले आफैले गाएको हुँ ।’ उनले संगीत सिर्जनामा जस्तै गायनबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको बताए । एल्बम ‘धनकुटा हिले’ मा जम्मा दुईवटा गीत छन् भने दुवै गीतको म्युजिक ट्रयाक पनि समावेश गरिएको छ । गजेन्द्र ताम्लीङ लिम्बूको शब्दरचना रहेको यस एल्बममा तीनपाने रक्सी र धनकुटा हिले बोलका गीत छन्, जसमा उज्ज्वललाई स्वरमा सुस्मा लिम्बू र जशोदा सुब्बाले साथ दिएका छन् ।

Comments