ऋतुराजको ‘रहर–४’ आउँदै
screennepal
प्रकाशित: २०७३, १० असार शुक्रबार
no img

ritu raj

काठमाडौं । गायक ऋतुराज लिम्बू ‘रहर–४’ ल्याउँदैछन् । मोसफलमा बसेर सांगीतिक संघर्ष गर्दै आएका ऋतुराजले भने, ‘रहर–४ का लागि सबै गीत रेर्कड भइसकेका छन् । अब चाँडै एल्बम सार्वजनिक गर्नेछु ।’ तेह्रथुमबाट धरान झरेर करिब एक दशकयता गीत करिअरलाई अगाडि बढाउँदै आएका ऋतुराजले ‘रहर–३’ सम्म ल्याइसकेका छन् ।
विशेषगरी पपगीत र स्लोरक गायनमा आफूलाई समेट्दै आएका ऋतुराजले ‘रहर’ शृंखलालगायत अन्य विभिन्न एल्बम पनि ल्याइसकेका छन् । करिब चार दर्जन गीतमा स्वर तथा संगीत समेत गरिसेकेका ऋतुराजले लिम्बू भाषाका गीतहरुसमेत गाउँदै आएका छन् ।
ऋतुराजको यो पछिल्लो सांगीतिक सौगात ‘रहर–४’ मा हाँस ख्यालैमा, सम्झना आयो नि, तिमीलाई सम्झी सम्झी, माया गर्दा, कान्छी जाली रुमाल र ढल्कँदै गयो अल्लारे जोवन जस्ता आधुनिक गीतहरु रहेका छन् । यो एल्बम धरानबाटै रिलिज गर्ने उनले सुनाए ।

Comments