पाँच वर्षपछि टम क्रुजको एक्शन अवतार (टीजरसहित)
screennepal
प्रकाशित: २०७३, १० असार शुक्रबार
no img

लस एञ्जलस (एजेन्सी) । हलिउडका चर्चित अभिनेता टम क्रुज सन् २०१२ को एक्शन ड्रामा ‘जैक रिचर’ को सिक्वल ‘जैक रिचर नेभर गो बैक’ मा देखिँदैछन् । यस फिल्मको टीजर रिलिज गरिएको छ । यस फिल्मबाट एकपटक फेरि टम क्रुज एक्शन अवतारमा पाइनेछन् । फिल्ममा ‘हाउ आई मेट योर मदर’ की स्टार कोबी स्मल्डर्स पनि मुख्य भूमिकामा देखिँदैछिन् । यो फिल्मको कथा हिरोकै वरिपरी घुमेको छ, जसमा टम आफ्नो पुराने सैनिक यूनिटको हेडसँग भेट्छन् ।
हरेक चीज परिवर्तित छ, जब टममाथि २० वर्षअघि गरेका अपराधको आरोप लाग्छ । फिल्मको कथामा एक ट्विस्ट यो पनि आउँछ कि उनकी एक छोरी छ, जसबारे पत्ता लाग्दैन ।
यस फिल्मको निर्देशन एडवर्ड ज्विकले गरेका हुन् । ज्विकले क्रिस्टोफरलाई रिप्लेस गरेका छन् । टम सैनिक अफिसरको रोलमा जबरदस्त एक्शन गरेको फिल्ममा देखिनेन्छ । यो फिल्मको सिक्वल चार वर्षपछि रिलिज हुन लागेको हो । ‘मिशन इम्पोसिबल’ सिरीज को पाँचौ फिल्मपछि टमको यो पहिलो रिलिज हो ।

Comments