‘अनौंठो कुवा’ हेर्ने हो ?
screennepal
प्रकाशित: २०७३, ९ असार बिहीबार
no img

– भोला अधिकारी

काठमाडौं । राजधानीमा पानीको त हाकाकार छ नै, त्यसमाथि प्रचण्ड गर्मी उस्तै । यस्तो बेला राजधानीमा ‘अनौठो कुवा’ हेर्न पाए कस्तो होला ? यदि तपाईलाई ‘अनौठो कुवा’ हेर्न रहर वा मन छ भने जोरपाटीको नयाँबजारस्थित ख्वापा नाट्यशाला जानुहोला, जहाँ दुई सातायता हरेक दिन मञ्चन हुँदैछ, नाटक ‘अनौंठो कथा’ विश्वप्रसिद्ध तथा आयरल्याण्डका नाटककार डेन किसनद्धारा लिखित यस नाटक ‘जिम्मी एण्ड विञ्चि’ लाई नेपालीमा रुपान्तरण गरि मञ्चन गरिएको हो । यो नाटक यही शनिबारसम्म मञ्चन हुनेछ । यस नाटकलाई प्रविनले निर्देशन गरेका हुन् ।

???????????????????????????????
नाटकमा एउटा जिम्मीको गाउँ हुन्छ । उक्त गाउँमा एउटा अनौठो खाल्को कुवा छ, जुन कुवामा सिक्का हालेर इच्छा माग्ने गर्दछन् । सिक्का हालेपछि आफूले मागेको इच्छा पूरा हुने जनविस्वाशमा गरिन्छ । माइकी भन्ने एक जिम्मीकी साथी विरामी हुन्छे । साथी चाडैँ निको होस् भनेर जिम्मीले उक्त कुवामा सिक्का फाल्छ र आफ्नो इच्छा माग्छ । माइकी निको पनि हुन्छे । दिनहुँ उपचार गर्ने डाक्टर चकित खान्छ । माइकीका बावु–छोरी निको भई भनेर खुशीले पागल हुन्छ ।
त्यस कुवामा कुनै अवदैत्य शक्ति छ भन्ने कुरा के थाहा र जिम्मीलाई । तर, उसलाई के थाहा, इच्छाले मृत्युको छायाँ बोक्ने ब्यान्सीलाई टक्कर दिन्छ ।

DSC09197
वालमनोविज्ञानमा आधारित यस नाटकमा वालबालिकालाई निकै ज्ञानगुनका भाव दर्शाइएको छ । नाटकलाई मजाले प्रस्तुत गरिएको छ भने कलाकारको अभिनय दर्शकले रुचाएका छन् । यस्तै, विषयबस्तुलाई ‘अनौठो कुवा’ मा प्रस्तुत गरिएको छ । प्रविन खड्गीले यसअघि ‘परिको घडी’ नाटक निर्देशन गरेका थिए ।
नाटकमा कुवामा प्रदीप नेपाल, सचिन कडेँल, सन्देश घिमिरे, रोशनी सापकोटा, उमा तामाङ, प्रदीप खड्गी, दिपुमाया तामाङ, सुमित्रा मगर, सुरेन्द्र कटुवाल, सम्झना मगर, सुशान्त तामाङ, युवराज अर्याल र अर्जुन बोहोराले अभिनय गरेका छन् ।

Comments