‘तुइन’ का निर्देशकलाई १२ लाख !
screennepal
प्रकाशित: २०७३, ८ असार बुधबार
no img

काठमाडौं । चलचित्र ‘तुइन’ बन्ने भएको छ । यसका लागि निर्देशकलाई १२ लाख रुपैयाँमा अनुबन्धन गरिएको निर्माणपक्षले जनाएको छ । ‘तुइन’ को निर्देशन उत्सव थपलियाले गर्ने भएका छन् । निर्देशक थपलियाले यसअघि चलचित्र ‘बेस्ट फ्रेन्ज फरेभर’ निर्देशन गरेका थिए । यो चलचित्र अन्तर्राष्ट्रिय सृजनशिल समता फाउन्डेसन अमेरिका र सृजना उप्रेतीको लगानीमा निर्माण हुन लागेको हो ।

tunn1 copy
निर्माणपक्षका अनुसरा थपलियालाई (१२ हजार अमेरिकन डलर) मा अनुबन्धित गरिएको हो । थपलिया उमेरले सानो भएपनि उनको डिमाण्ड हाई छ । निर्देशक थपलियाले ‘तुइन’ निर्माणपक्षले आफुलाई दिएको सुबिधा र फिल्मको कथाले गर्दा फिल्म गर्न राजी भएको बताएका छन् । १० असारबाट फ्लोरमा जाने भनिएको यस चलचित्रलाई यसै बर्षको मंसिर ७ गतेदेखि प्रदर्शन गरिने लक्ष्य निर्माणपक्षको छ । यस चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ भने बिक्रम राना, पृशा श्रेष्ठ, चिराग थपलियालगायतका कलाकारको अभिनय रहनेछ । आङ्सेन लामाको सिनेमाटोग्राफी रहने यस चलचित्रलाई ‘बालमनोबिज्ञानको कथामा आधारित’ बताइएको छ । मोहन गेलालको कथा र संवाद रहने ‘तुइन’ मा अञ्जना बस्नेत कर्यकारी निर्माता रहेकी छन् ।

Comments