मिशेल ओबामासँग ‘लेट गल्र्स लर्न’ यात्रामा फ्रिडा
screennepal
प्रकाशित: २०७३, ८ असार बुधबार
no img

लस एञ्जलस । हलिउड अभिनेत्री फ्रिडा पिन्टोले सरकारी पहलमा ‘लेट गर्ल्स लर्न’ का लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामासँग भेटेकी छन् । यस भेटको उद्देश्य महिलालाई गुणस्तरिय शिक्षा प्रदानका लागि मद्दत गर्नु हो । समाचारमा जनाइएअनुसार फ्रिडाले यही जुनको अन्तिम र जुलाईको शुरुमा ‘लेट गल्र्स लर्न’ को पहिलो चरणका रुपमा मिशेल ओबामा, उनकी छोरी साशा, मालिया र उनकी हजुरआमा मारियन रोबिनसनका साथ लाइबेरिया, मोरक्को र स्पेनको यात्रा गर्दैछिन् ।

abc
यस यात्राको दौरानमा फ्रिडाले किशोरी शिक्षा र स्कुलको पढाइ पुरा गर्ने महत्वबारे कुरा गर्नेछिन् । लाइबेरियाबाट यस कार्यक्रमको सुरुआत गर्न लाग्दा फ्रिडा र मिशेल अहिले चर्चामा आएका छन् । यस यात्रामा लाइबेरियाकी राष्ट्रपति एलेन जोन्सन सरलिफसँग पनि भेटघाट गर्ने बताइएको छ । यस कार्यक्रमको पछिल्लो चरणमा मोरक्कोमा मिशेल र फ्रिडासँगै हलिउड अभिनेत्री मेरिल स्ट्रिप पनि हुनेछिन् । (एजेन्सी)

Comments