राजधानीमा आदिवासी चलचित्र निर्माणबारे प्रशिक्षण सुरु
screennepal
प्रकाशित: २०७३, ७ असार मंगलवार
no img

काठमाडौं । तीनदिने गुणस्तरिय आदिबासी चलचित्र निर्माण प्रशिक्षण मंगलबारबाट राजधानीमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गरे । आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा बिभिन्न चलचित्रसम्बन्धीत संस्थाबाट ४५ जना आदिबासी चलचित्रकर्मीको सहभागिता रहेको छ ।

20160621_160628
साप फाल्चा, बबरमहल काठमाडौंमा सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रमलाई चलचित्र बिकास बोर्डले पनि आर्थिक सहयोग गरेको छ । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष राजकुमार राईले गुणस्तरिय आदिबासी चलचित्र निर्माणको लागि यस्तो प्रशिक्षण कार्यक्रम महत्वपुर्ण हुने बताए ।

aaaa
कार्यक्रममा जातिय संस्थाका अध्यक्ष, आदिबासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्घन समितिका संयोजक युवराज मास्की महासंघका निवर्तमान अध्यक्ष प्रतिमाया पुनलगायतले आफ्नो धारणा राखेका थिए । औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा सहयोगी सबैलाई धन्यबाद दिँदै आफ्नोपनसहितको गुणस्तरिय आदिबासी चलचित्र निमार्णमा सहयोग पुगोस् भन्ने उद्देश्य रहेको महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले बताए । कार्यक्रम महासंघका महासचिव पुर्खाजित राईले सञ्चालन गरेका थिए ।
प्रशिक्षण कार्यक्रमको पहिलोदिन डा. जगमान गुरुङले आदिबासी इतिहासको बारेमा प्रशिक्षण दिए । त्यसैगरि कार्यक्रममा बिश्वभक्त दुलाल (आहुती), दीपेन्द्र लामा, डा. ओम गरुङ, राजन मुकारुङलगायतले आदिबासी चलचित्रबारे प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Comments