कालेङ्बुङमा नील डेभिडको फ्रेन्चाइजी ब्रान्ड
screennepal
प्रकाशित: २०७३, ३ असार शुक्रबार
no img

काठमाडौं । चर्चित हेयर स्टाइलिष्ट नील डेभिड कटुवालले भारतको पश्चिम बंगालस्थित कालेबुङ्मा फ्रेन्चाइजी सञ्चालनमा ल्याएका छन् । उनको फ्रेन्चाइजी ब्रान्ड ‘नील डेभिड्स युनसेक्स सलुन’ को कालेबुङ्मा आयोजित एक समारोहबिच बिहीबार हेयर स्टाइलिष्ट कटुवाल स्वयंले शुभारम्भ गरे ।

Neel Devid (1)
लण्डनमा हेयर स्टाइयलसम्बन्धी औपचारिक ज्ञान हासिल गरी आप्mनै देशमा यो कलाको विस्तार गर्ने उद्येश्यले शुरुमा राजधानीको सुनधारास्थित काठमाडौं मलमा अत्याधुनिक शैली र सुविधायुक्त महिला र पुरुषको हेयर स्टाइल र कटिङ सलुन खोलेर यस क्षेत्रमा क्रान्ति ल्याएका डेभिडको पहिलो फ्रेन्चाइजी ब्रान्डस्वरुप कालेबुङ्मा सलुन सञ्चालनमा आएको हो ।

Neel Devid (2)
भारतिय हेयर स्टाइलिष्टका फेन्चाइजी ब्रान्ड नेपालमा सञ्चालन हुने गरे पनि नेपाली हेयर स्टाइलिष्टको फ्रेन्चाइजी भारतिय शहरमा खुलेको यो पहिलो अवसर हो । उनको फ्रेन्चाइजी ब्रान्ड दार्जलिङका पी.राजले सञ्चालनमा ल्याएका हुन् । ‘यहाँ नील डेभिडको ठूलो माग भएकाले उहाँको फ्रेन्चाइजी लिएको हुँ’  ब्रान्डको शुभारम्भलगत्तै ३ घण्टामा विभिन्न क्षेत्रका २५ महिला तथा पुरुषको कटिङ र हेयर स्टाइल गरेका नीलको कलाका देखेपछि उनले उत्साहित हुँदै भने, ‘उहाँको यस्तै कला र जादुको लागि महिनौं प्रतीक्षा गरिरहेका थियौँ ।’
केही समयअघिसम्म सानो दर्जाको काम भनेर हेपिएको यो कलालाई नीलले लण्डनसँगै थाइल्याण्ड, सिंगापुर, भारतको नयाँदिल्लीलगातबाट प्रशिक्षण र कक्षा लिई नेपालमा यसको शुरुवात गरेका थिए । यस क्रममा उनले सिंगापुरमा विश्वकै नम्बर १ मानिएका हेयर स्टाइलिष्ट टोनी एन्ड गाइज तथा लण्डनमा ओष्कार विजेता मेकअप आर्टिष्ट क्रिष्टिनीने बुलेन्डेलाका साथ प्रशिक्षण लिएका थिए ।

Comments