ज्याकलिनको विवादित गीत रिलिज (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ असार शुक्रबार
no img

jjjj

मुम्बई । फिल्म ‘ढिशूम’ को नयाँ एनर्जेटिक गीत ‘सौ तरह के…’ रिलिज गरिएको छ । यस फिल्ममा ज्याकलिन फर्नाडिस, जोन अब्राहम र वरुण धवनको मुख्य अभिनय छ । यस गीतको म्युजिक र बोल दुवै इन्टरटेनिङ छ, तर यो गीत रिलिजअघि नै विवादमै आइसकेको थियो ।
समग्र यसा गीतको विवाद ज्याकलिनमाथि छ । यस गीतको भिडियोमा ज्याकलिन आफ्नो कमरमा कृपाण बाँधर नाचेकी छन् । कृपाण सिख धर्मालम्बीको एक विशेष चिन्ह हो ।
ज्याकलिनले कृपाण लगाएर नाचेपछि सिख धर्मलम्बीहरुको आफ्नो भावनामा आहत गरेको भन्दै चर्को विरोध गरेका छन् । यसका लागि एक सिख सोशल एक्टिविस्ट हरजिन्दर कुकरेजाले आफ्नो धार्मिक भावनामा आहत गरेको भन्दै ज्याकलिनले माफी माग्नुपर्ने माग गरेका छन् । हरजिन्दरले आफ्नो ट्विटर अकाउन्टमा ज्याकलिनले गीतमा कृपाण लगाएको स्क्रीन शट पनि पोस्ट गरेका थिए । तर, उनले तुरुन्त हटाइदिए । अहिलेसम्म यस मामलामा फिल्मको युनिट वा अभिनेत्रीले कुनै प्रतिक्रिया जनाएका छैनन् । यो फिल्म २९ जुलाईमा रिलिज हुँदैछ । -Agency

Comments