मुम्बई । ‘मस्ती’ सीरिजको तेस्रो एडल्ट फिल्म ‘ग्रेट ग्रान्ड मस्ती’ को टीजर रिलिज गरिएको छ । डबल मिनिङ डायलगसहित यस पछिल्लो फिल्ममा रोमान्स, एक्शन र सस्पेन्स सबै देख्न सकिने बताइएको छ । यस फिल्ममा रितेश देशमुख, विवेक ओबेरोय र आफ्ताब शिवदेसानीको मुख्य भूमिका रहनेछ । यसका साथै फिल्ममा सना खान, उर्वशी रौतेला र पुजा चोपडालाई पनि देखिनेछन् । टीजरको शुरुमा रितेश देशमुख भन्छन्, ‘२००३ मा तीन केटाको एक केटीमा भूत सवार थियो । २०१३ मा उनै तीन केटामा तीन केटीको भूत सवार भयो । र आज आज २०१६ मा एक भूत तीन केटामा सवार छन् ।’
यस फिल्मको निर्देशक इन्द्र कुमार हुन् भने निर्माता अशोक ठकेरिया । ‘मस्ती’ र ‘मस्ती–२’ को के सफलतापश्चात निर्माताले यसको तेस्रो सीरिज बनाएका हुन् । ‘मस्ती–२’ बक्स अफिसमा करिब १०० करोडको कमाई गरेको थियो । ‘ग्रेट ग्राान्ड मस्ती’ २२ जुलाईमा रिलिज हुँदैछ ।