रेकर्डिङ गर्दा–गर्दै दीपकसँग… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ असार शुक्रबार
no img

dipak

काठमाडौं । चर्चित पाश्र्वगायक दीपक लिम्बू पछिल्लो समय रेकर्डिङमा मात्र नभएर विभिन्न कार्यक्रममा व्यस्त छन् । प्रथम ‘नेपाली तारा’ भएसँगै सांगीतिक करिअर अगाडि बढाएका दीपकले चलचित्र र आधुनिक गीत उत्तिकैको संख्यामा गाउँदै आइरहेका छन् । यिनै अहिलेका व्यस्त गायक दीपक लिम्बूलाई एक स्ुटडियोमा रेकर्डिङका क्रममा भेटिए ।
नारायण गौतमको शब्दरचना तथा गायक तथा संगीतकार राजशुक्र लिम्बूको संगीत रहेको ‘अझैपनि सम्झना छ त्यो कौसीको…’ बोलको गीत गाइरहँदा उनी निकै उत्साहित देखिए । यस वर्षको ‘नारायण गोपाल संगीत युवा पुस्कार’ पाएपछि थप उत्साहित बनेका दीपकले भने, ‘नारायण गोपाल संगीत युवा पुरस्कार मेरो सांगीतिक जीवनकै सबैभन्दा ठूलो उपलब्धी हो । यसले मलाई थप प्रेरणा र हौसला मिलेको छ ।’ हेर्नुस् रेकर्डिङ रिर्पोट :

Comments