निर्देशकले जबरर्जस्त ‘सेक्स सीन’ गर्न लगाएपछि… !
screennepal
प्रकाशित: २०७३, ३२ जेष्ठ मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्री चित्रांगदा सिंहले फिल्म ‘बाबुमोशाय बन्दुकबाज’ एक्कासी छाडेकी छन् । केही दिन सुटिङ गरेपछि चित्रांगदाले फिल्म छाड्ने निर्णय गरेकी हुन् । यी अभिनेत्रीले सुटिङकै क्रममा एक्कासी किन फिल्म छाडिन् त ? उनको जवाफ छ, ‘मलाई जबरर्जस्त सेक्स सीन गर्न लगाइयो । त्यसैले छाडेकी हुँ ।’

Chitrangada Singh1
समाचारमा जनाइएअनुसार ‘बाबुमोशाय बन्दुकबाज’ को एक सीनमा नवाजुद्दीन सिद्दीकी र चित्रांगदाको बेडसीन थियो । उक्त सीन शुटमा चित्रांगदा हैरान भइन् । तैपनि फिल्मका निर्देशक कुशन नन्दीलाई भने पटक्कै चित्त बुझिरहेको थिएन । निर्देशकले बेडसीनका लागि आफूलाई पटक–पटक टेक लिएको समेत यी अभिनेत्रीको भनाइ छ । उक्त सीन शुटबारे चित्रांगदाले भनिन्, ‘निर्देशकले नवाजलाई म माथि चढाएर टाङमुनि स्पर्श गर्दै सेक्स गर्न लगाए ।’

Chitrangada-Singh
बलिउडको एक वेबसाइटसँग कुरा गर्दै चित्रांगदा सिंहले भनेकी छन्, ‘त्यो समयमा मैले पेटीकोटमात्र लगाएकी थिएँ । जबरर्जस्त गर्न थालेपछि मैले उसलाई ‘यो के गरेको ? प्लिज अति भयो’ भन्दै मैले पेटीकोट सम्हाल्ने प्रयास गरेँ । तर, निर्देशकले मलाई सुटिङ क्रियु मेम्बरका अगाडि यो के भनेको भन्दै उल्टै थर्काए । त्यसपछि मैले रुँदै फिल्म छाडेकी हुँ ।’

chitrangada-singh3
समाचारमा बताइएअनुसार उक्त सीनको सुटिङ राति भइरहेको थियो । जब चित्रांगदाले फिल्म छाड्ने निर्णय गरिन्, यसपछि पनि नवाजुद्दीनले उनलाई सम्झाउँने प्रयास गरेका थिए । उनीहरुबीच लामो कुराकानी पनि भएको थियो । तर, नवाजले चित्रांगदालाई सम्झाउँदा निर्देशकले उनलाई समेत ‘हिरोइन जति पनि भेटिन्छन्’ भनेका थिए ।
चित्रांगदाले आफूसँग नवाजले पनि इन्टिमेट सीन गर्न चाहेको बताएकी छन् । नवाजले समेत ‘बिन्दास गर्नु पेटिकोटमाथि चढेर के पो बिग्रन्छ र ?’ भनेको चित्रांगदाले बताएकी छन् । चित्रांगदाले फिल्म छाडे पनि केही इन्टिमेन्ट सीन खिचिसकिएको छ, जसमा चित्रांगदा र नवाजुद्दीनले करिब ७ सेकेन्ड किसिङ सीन दिएका छन् । (एजेन्सी)

Comments