‘छातिभित्र सजाएर…’ गाउँनेलाई गायनको अवसर ! (म्युजिक ट्रयाकसहित)
screennepal
प्रकाशित: २०७३, ३२ जेष्ठ मंगलवार
no img

काठमाडौं । गायनमा प्रतिभा भएर पनि अवसरमा नपाएकाहरुका लागि खुसीको खबर छ । गीतकार राज बान्तवाले यस्तो अवसर ल्याउँदैछन्, जसले ‘छातिभित्र सजाएर…’ बोलको गीतलाई उत्कृष्ट गाउँछ, उसले एउटा गीत गाउँने अवसर पाउँनेछन् ।
यो राजको ‘पहिलो प्रेम’ एल्बममा समावेश गीत हो । यस गीतको उत्कृष्ट ‘कभर’ गर्नेमध्ये एकजनाले राजको आगामी एल्बम ‘पहिलो प्रेम–२’ मा गाउने अवसर दिइने बताइएको छ । राजको शब्दरचना रहेको यस गीतमा अर्जिनल स्वर सत्यराज आचार्य र रजिना रिमालको रहेको छ । त्यसैले ‘कभर सङ्स’ पनि पुरुष–महिला दुवैले गर्न सक्नेछन् । यसका लागि यहाँ अर्जिनल गीत र म्युजिक ट्रयाकसमेत राखिएको छ ।
इच्छुक प्रतिभाले ‘छातिभित्र सजाएर…’ गीतलाई ‘कभर’ गरेर फेसबुक वा यु–ट्युबमा अपलोड गर्नुपर्ने छ । १ असार अर्थात् बुधबारबाट लागू यो ‘कभर सङ्स’ गाउने अवसरको समय अवधि ४५ दिन रहनेछ । राजका अनुसार प्रतिभाले पठाएको कभर सङ्सलाई नेपालका चर्चित संगीतकार तथा गायकहरुको उपस्थितिमा एक जनालाई उत्कृष्ट छनोट गरिनेछ ।

‘छातिभित्र सजाएर…’ गीत
https://www.youtube.com/watch?v=i8wkAyASR8Y

म्युजिक ट्रयाक

Comments