अशिष्माले निराजनलाई पलमै हँसाए (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

काठमाडौं । मोडल तथा अभिनेत्री अशिष्मा नकर्मी र निराजन प्रधानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश थुलुङको ‘पलमै हँसायौं…’ बोलको गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।
फोटो पत्रकार नविनबाबु गुरुङको निर्देशन तथा छायांकनमा तयार भएको यस म्युजिक भिडियोमा अशिष्मा र निराजनले कस्तो हुन्छ साँचो माया ? भन्ने भाव दर्शकका लागि प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको छायांकन हात्तीवन रिसोर्टलगायतका क्षेत्रमा गरिएको छ । म्युजिक भिडियोमा अशिष्मा र निराजनसँगै कलाकार सुनिल मगरको समेत अभिनय समेटिएको छ ।

Comments