ठ्याक्कै एउटै भन्साली र ‘राजु गिरी प्रोडक्शन’को लोगो !
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

काठमाडौं । भारतीय ‘बलिउड’ र हलिउड फिल्मको टाइटल कपि गर्नु नेपाली फिल्मकर्मीका लागि नौलो होइन । अंग्रेजी र हिन्दी फिल्मको मिल्दो नाम राख्दा ‘फिल्म हिट हुन्छ’ भन्ने एक किसिमको मानसिकता नेपाली फिल्मकर्मीमा पाइन्छ । त्यस्तै, हिन्दी फिल्म ‘जिस्म–२’ मा पोर्न स्टार सन्नी लियोनको अभिनयसँगै चर्चा पाएपछि निर्देशक राजु गिरीले त्यसैको सुइको गर्दै यता अर्चना पनेरुलाई डेब्यु गराउँने मनशाय बनाए, अर्चना जो ‘पोर्न स्टार बन्छु’ भनेकै भरमा चर्चामा आएकी किशोरी हुन् । तिनै अर्चनालाई लिएर हिन्दी फिल्म ‘जिस्म’कै नाम सापटी लिँदै निर्देशक राजुले ‘जिस्म’ बनाएरै छाडे । उनै राजुले अहिले आएर भारतीय एक फिल्म प्रोडक्शन हाउसको लोगोसमेत जस्ताका–तस्तै कपि गरेका छन् ।

raju
राजुले बलिउडको चर्चित फिल्म निर्माता सञ्जय लिला भन्सालीको फिल्म कम्पनी ‘भन्साली प्रोडक्शन’ को लागो कपि गरेका हुन् ( तल हेर्नुस् तस्बिर) । उनले ‘राजु गिरी प्रोडक्शन’ का लागि यो लोगो बनाएका हुन् । यसले के देखाउँछ भने निर्देशक राजु नेपालीभन्दा भारतीय फिल्मप्रति बढी लगाव राख्छन् । पुजा भट्ट निर्मित तथा निर्देशित ‘जिस्म–२’ को सट्टा ‘जिस्म’ बनाएर चर्चामा आएका यी निर्देशकको अर्को मानसिकता भनेको जसरी पनि चर्चामा आउनु हो । र, यसमा उनी सफल पनि हुँदै आएका छन् । तर, लोगो कपि गर्नु आफैमा बौद्धिक अपराध पनि हो ।

bansali
अर्चना पनेरुको डेब्यु नेपाली चलचित्र भनिएको ‘जिस्म’ को हाल सम्पादन भइरहेको छ भने हालैमात्र यसको टीजर रिलिज गरिएको छ । ‘जिस्म’ को टीजर रलिजसँगै यो फिल्मले एक किसिमको तरंग पनि ल्याएको छ । तर, अर्चना अभिनीत एक फिल्म भने रिजिल भइसकेको छ, जसले सोचेजस्तोे व्यापार गरेन ।

Comments