सहकार्य खोज्दै रंगमञ्चकी नेहा !
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

neha 5

काठमाडौं । कलाकारितामा होमिएपछि धेरैको रहर हुन्छ घर र गाडी जोड्ने । कतिको भने नाम र दाम कमाउँने उदेश्य हुन्छ । तर, नेहा पोखरेलको चाहिँ अलि फरक सोच छ ।
नेहा कलाकारितामा छिन् । उनको सपना र लक्ष्य ब्यक्तिगत छैन । उनी कलाकारिता गर्छिन्, कमाउँछिन् । त्यो पैसा उनले समाज सेवामा लगाउँने गरेकी छन् । उनको कमाईले ५ जना मेन्टल बिरामीले लाउने, खानेदेखि उपचारसम्मको सुबिधा लिइरहेका छन् ।

neha
सुरुमा एक जनाबाट सुरु भएको उनको समाज सेवा अहिले पाँच जनामा पुगेको छ । बिभिन्न ठाउँबाट यि उनिसँग जोडिन आएका हुन् । सबैलाई ब्यबस्था मिलाउँदा उनलाई अहिले धौधौ परिरहेको छ । अहिलेसम्म एक्लै बोझ उठाउँदै आएकी उनले कलाकारिताको कमाइले तिनीहरुको खर्च नपुग्ने देखेर सहकार्य खोजिरहेकी छन् ।
ललितपुर धापाखेलकी नेहा मोडल तथा अभिनेत्री हुन् । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी नेहा रंगमञ्च अभिनयमा समेत चिनिएकी छन् । थुप्रै फेसन शो मार्फत र्याम्प नापेकी नेहाले कबिर डेढ दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी छन् । यि मध्य केही सार्वजनिक हुन बाँकी छन् । दिपक खरेलको ‘मनको ब्याथा..’, सिमा संगौलाको ‘मरेर नभुल्ने ..’र ‘सम्भोज मल्लको ‘हिजो राती सपनिमा..’ लगायत उनको चर्चित भिडियो हुन् ।

neha4
सडक नाटक, बाल नाटकलगायत दर्जन बढी नाटक अभिनय अनुभवकी नेहा अभिनित ‘सम्बोधित’ नाटक हालै सकिएको थियो । उनी अहिले काठमाडौ मलमा मञ्चन भइरहेको ‘आवन्तर’ अभिनय गरिरहेकी छन् । यो नाटकमा पनि उनको मुख्य भुमिका देख्न सकिन्छ । ‘मिहेन गर्दा पनि सफलता नमिल्ने र जिवनमा नयाँबाट पहिल्याउन नसक्नेको कथा नाटकले उठाएको छ ’नेहाले भनिन् । नाटकमा राम केसीकोे निर्देशन छ ।
सानैमा डकुमेन्ट्री चलचित्र अभिनय पछि कलाकारिता तिर आफ्नो लगाब बढेको बताउने उनको रुचि कलाकारीता र समाज सेवा रहेको छ । फुर्सदको समय लेखन कार्यमा बिताउने उनी अहिले नोवल समेत लेखिरहेकी छन् । ‘बच्चाहरुको पिडा’ र ‘केटाहरुको समस्या’ आफ्नो नोवलको बिषय भएको उनले सुनाइन् ।
नाटकमा खारिएकी उनलाई चलचित्र अभिनय अफर आइरहेका छन् अहिले । आफुले चाहे जस्तो बिषयबस्तु र भुमिका नभएकाले ‘नो’ भन्ने गरेकी छन् । समाजलाई पच्ने, म्यासेज बोकेको र ऐतिहासिक बिषयबस्तु युक्त चलचित्र अभिनय गर्ने इच्छा छ’ चलचित्रको बिषयमा उनले धारणा राखिन् ।
हसिलो स्वभाव अनी खुलेर कुरा गर्ने शैलिकी नेहाले अहिले सम्म जिवनसाथी भेटेकी छैनन् रे । उनलाई अहिले सम्म कसैले प्रपोज पनि गरेका छैनन् । ‘म चकचके अनि फ्याक्ली छु । सायद त्यसैले हो’ उनले अनुमान लगाइन् । आमाले खोजेको जीवनसाथी स्वीकार्ने पक्षमा छिन् उनी ।

Comments