अमेरिकासँग कनेक्शन गर्ने ‘वल्ड कनेक्शन नेपाल’
screennepal
प्रकाशित: २०७३, ३० जेष्ठ आईतवार
no img

काठमाडौं । अमेरीकामा ४ वर्षदेखि टेक्नोलोजि क्षेत्रमा सेवा दिँदै आएको ‘सुनम वारलेस’ ले अब नेपालमा पनि शाखा विस्तार गरेको छ । सो शाखाको महाराजगंजस्थित अमेरिकन एम्वेसी अगाडी नेपाली अमेरिकन कलाकार संघ नर्थको केन्द्रिय अध्यक्षसमेत रहेका संगीतकार तथा गायक सुमन बुढामगरले खोलेका हुन् । उक्त ‘वल्ड कनेक्शन नेपाल’को उद्घाटन चर्चित गायक राजेशपायल राई, रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिकाद्धय कोम ओली, सुनिता दुलाल र डोल्पा उद्योग बाणिज्य संघको अध्यक्ष लंकामान रोका मगरले गरे ।

IMG_2579
उद्घाटन कार्यक्रममा बोल्दै सुमन बुढामगरले ब्यापारसंगै अमेरिका जाने नेपालीका लागी सेवा प्रदान गर्ने बताए । त्यस्तै कार्यक्रममा गायक राजेशपायलले अमेरिका जस्तो कठिन देशमा विद्यार्थीलाई यसबाट थप सेवा मिल्ने बताए ।
‘वल्ड कनेक्शन नेपाल’ले अमेरिका जानेहरुका लागि नेपालबाटै फ्रि सिमको ब्यवस्ता गरिदिनेछ । जुन सेवाले अमेरिकाको एयरपोर्टबाट फोन गर्न सकिनेछ, अलपत्रमा पर्नेछैन । ‘वल्ड कनेक्शन नेपाल’ले अमेरीकाको टप मोवाइल कम्पनीहरुका सिमकार्डहरु नेपालबाटै उपलव्ध गराउनेछ । सथै क्यानडा, युरोप, युकेको पनि सिमकार्डको पनि ब्यास्ता रहेको छ । डिभी होल्डर र अमेरीकाको विद्यार्थीलाई मोवाइल किस्ताको ब्यावस्था गर्नेछ । सथै आइफोन, सामसुङ र अन्य ब्राण्डका मोवाइलहरु सस्तो मुल्यमा पाउने ‘वल्ड कनेक्शन नेपाल’का प्रोपाइटर सुमन बुढामगरले बताए ।

Comments