‘बलिहाङ पुरस्कार’ सिक्किमे खजुमलाई
screennepal
प्रकाशित: २०७३, २८ जेष्ठ शुक्रबार
no img

काठमाडौं । सिक्किम भारतका लिम्बू भाषाविद् तथा साहित्यकार एस.आर खजुमलाई किराँत याक्थुङ चुम्लुङ, काठमाडौंले सम्मान तथा पुरस्कृत गरेको छ ।
उप–प्रधानमन्त्री विजयकुमार गच्छदारको प्रमुख आथिथ्यमा शुक्रबार राजधानीमा एक समारोहबीच खजुमलाई ‘बलिहाङ पुरस्कार–२०७३’ द्वारा पुुरस्कृत गरेको हो । खजुमलाई उप–प्रधानमन्त्री गच्छदारले प्रमाणपत्र र ढाकाको दोसल्ला ओढाएर सम्मान गरेका थिए । करिब डेढ दशकअघि स्थापना गरिएको यस पुरस्कारको राशी नगद १६ हजार र प्रमाणपत्र रहेको छ ।

kyc (2)
पुरस्कार प्रदान गरेपछि खजुमलाई बधाइ तथा शुभकामना प्रदान गर्दै उप–प्रधामन्त्री गच्छादार भने, ‘यस्तो किसिमको कार्यक्रमले नेपाल–सिक्किमको संस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउँने छ ।’ निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो कार्यक्रममा आइपुगेका उप–प्रधानमन्त्रीले गच्छदारले भने, ‘समय व्यस्तताका केही ढिलो भएको हो ।’ उनी विराटनगरको एक कार्यक्रममा सहभागी भइ कार्यक्रममा आएका थिए । कार्यक्रम उद्घाटन उप–प्रधानमन्त्री गच्छदारले च्याबु्रङ ‘ढोल’ बजाए गरेका थिए ।

kyc (1)
कार्यक्रममा बोल्दै इन्जिनियरसमेत रहेका खजुमले भने, ‘बलिहाङ पुरस्कार’ बाट मलाई पुरस्कृत गर्नभएकामा यहाँप्रति आभारी छु ।’ उनले भारतको सिक्किममा रहेर पनि लिम्बू भाषा एवं लिपीका अलावा नेपाली भाषा तथा साहित्यप्रति सधै आफ्नो लगाव रहिरहने बताए । पुरस्कार ग्रहण गर्न खजुम श्रीमति र छोरीसहित नेपाल आएका छन् ।

kyc (3)
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँलाले पुरस्कृत खजुमको बारेमा चर्चा गरेका थिए । सिक्किम सरकारको पूर्वयोजना सल्लाहकार समेत रहेका खजुमको चर्चा गर्दै कवि बैरागी काइँलाले भने, ‘लिम्बू भाषाको विकास र प्रवद्र्धनमा एस.आर खजुमको ठूलो देन छ ।’ लिम्बू भाषाको जर्गेना र विकासक्रममा सिक्किमको श्रेय रहेको बताउँदै काइँलाले भने, ‘लिम्बू भाषा तथा संस्कृति आदान–प्रदानका गर्न कुनै सीमानाले छेक्न सकेको छैन र छेक्ने पनि छैन ।’ बैरागी काइँलाले खजुम एक कुसल निन्बन्धकार रहेको समेत बताए ।

kyc (4)
कार्यक्रममा विभिन्न किराँत याक्थुङ चुम्लुङलगायत लिम्बू सम्बन्धीत विभिन्न संघसंस्थाका पदाधिकारी, सरकारी निकायका पदाधिकारीलगायत कलाकारहरुको बाक्लो उपस्थिति थियो । कलाकार यासेली योङहाङ्ले सञ्चालन गरेको कार्यक्रममा लिम्बू समुदायकी चर्चित गायिका मनु नेम्बाङलगायतका कलाकारले गीत प्रस्तुत गरेका थिए भने मोडल निशा पोमुले नृत्य गरेर उपस्थित पाहुनावर्गलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

Comments