प्रेम विवाह गर्न चाहन्छिन् सोनम
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर प्रेम विवाह गर्न चाहन्छिन् । उनी प्रेमपछिको विवाहलाई सार्थक मान्छिन् । यी अभिनेत्री आफ्नो जन्मदिनको अवसरमा यसरी प्रेम र विवाहबारे खुलेकी हुन् । ‘मलाई प्रेम विवाह नै ठीक लाग्छ’ यी अभिनेत्रीले भनिन्, ‘म पनि प्रेम विवाह नै गर्न चाहन्छु । अभिनेता अनिल कपुरकी छोरी सोनमले ३१औं जन्मदिनका अवसरमा यस्तो बताएकी हुन् । सन् १९८५ जुन ९ मा जन्मिएकी सोनमले निर्माता सञ्जय लिला भन्सालीको एक असिस्टेन्ट भएर करिअर सुरु गरेकी हुन् । फिल्म ‘सावरिया’ मा भन्सालीले सोनमलाई रणवीर कपुरको अपोजिटमा प्रस्तुत गरेका थिए ।

Sonam-Kapoor_3

 त्यसपछि सन् २००९ मा सोनमले राकेश ओमप्रकाश मेहराको फिल्म ‘दिल्ली–६’ मा अभिषेक बच्चनसँग काम गरिन् । जुन फिल्मबाट उनले निकै राम्रो तारिफ पाएकी थिइन् । सोनमको पछिल्लो रिलिज भएको फिल्म हो, ‘निरजा’, जसमा उनले जमेर अभिनय गरेकी छन् । युनिभर्सिटी अफ इस्ट लण्डनमा अध्ययन गरेकी उनले मुम्बई विश्वविद्यालयमार्फत पोलिटिकल साइन्स र ईकोनोमिक्समा स्नातक गरेकी छन् । सोनम भारतीय शास्त्रीय नृत्यमा पनि पारंगत छिन् ।

हरेक केटी आफ्नो सपनाको राजकुमारसँग विवाह गर्न चाहन्छन् । सोनम पनि त्यै चाहन्छिन् । उनी भन्छिन्, ‘म प्रेममा विश्वास गर्ने केटा चाहन्छु । मलाई आफ्नो जीन्दगीमा प्रेम जस्ता आदर्शवादी र एकदमै माया गर्ने केटासँग विवाह गर्न चाहन्छु ।’ तर, अहिलेसम्म आफूले चाहेजस्तो केटा नपाएको उनले बताइन् । (एजेन्सीबाट)

Comments