ओठ सर्जरीपछि चर्चामा लीजा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

lisa11

मुम्बई । हिजोआज अभिनेत्री लीजा रे आफ्नो ओठको सर्जरी गरेपछि चर्चामा छिन् । बारम्बार उनको सर्जरीको मिडियामा चर्चा हुन थालेपछि लीजाले खण्डन गरेकी छन् । उनले आफ्नो ओठको ‘सर्जरी नगरेको’ दावी गरेकी छन् । फिल्म ‘वीरप्पन’मार्फत यी अभिनेत्री पर्दामा देखिएकी थिइन् ।
उनले ट्विट गर्दैै भनेकी छन्, ‘पछिल्लो समयको यी तस्बिर पनि प्रमाण हुन् ।’ उनले आफूले सर्जरी नगरेको भन्ने जनाउन अनेक प्रयास गरेकी छन् । लीजाले ट्विट गरेकी छन्, ‘मलाई यो कुरा सुनेर हाँस उठेको छ किनकि मेरो आलोचकले तथाकथित रूपमा मैले ओठको सर्जरी गराएको भन्ने भ्रम फैलाएका छन् । ठीक छ, म यो भन्न चाहन्छु कि मैले कहिल्यै यस्तो गरेकी छै्रन । पछिल्लो २० वर्षको मेरो तस्विर यसको प्रमाण हो ।’ उनले आफ्ना पुराना तस्बिरहरु पनि ट्विटरमा अपलोड गरेकी छन् ।
भारतीय मूलकी यी क्यानेडियन अभिनेत्रीले फिल्म ‘इश्क फोरएभर’ का १३ वर्षपछि हिन्दी सिनेमामा फर्केकी छन् । यी अभिनेत्रीले ‘बलिउड हलिउड’ र ‘कसूर’ जस्ता फिल्ममा दम्दार अभिनय गरेकी छन् ।

lisa4 lisa lisa (1) Ishq-Forever

Comments