यस्तो बन्दैछ चेतन भगतको ‘हाफ गर्लफ्रेण्ड’
screennepal
प्रकाशित: २०७३, २६ जेष्ठ बुधबार
no img

half girfriend

मुम्बई । फिल्म ‘टू स्टेट्स’ पछि चर्चित लेखक चेतन भगतको नयाँ पुस्तक ‘हाफ गर्लफ्रेण्ड’ अब चाँडै पर्दामा आउँदैछ । यस फिल्ममा माधवको भूमिकामा अर्जुन कपूर देखिँदैछन् । अभिनेता अर्जुन कपूर यस फिल्मका लागि अहिले बास्केटबलको प्राक्टिस गरिहेका छन् । यस फिल्ममा श्रद्धा कपूर पनि प्रमुख भूमिकामा छिन् । श्रद्धा रियाको भूमिकामा देखिँदैछिन् ।
अर्जुनले केहीदिन अघि एक तस्बिर इन्स्टाग्राममा शेयर गरेका छन्, जसमा उनी बास्केटबलसँग् देखिएका छन् । यस फिल्मको निर्देशन मोहित सुरीले गर्दैछन् । तरण आदर्शले पनि एक तस्बिर ट्वीट गरेका छन्, जसमा अर्जुन बास्केटबल खेलिरहेका देखिन्छन् । यस फिल्मको कथा बिहारको एक मध्यम वर्गीय परिवारमा घुमेको छ । जो माधव र दिल्लीकी हाईक्लास परिवारकी रियामा आधारित छ । फिल्ममा माधवले रियालाई प्रेम गर्छन् तर रियाले भने उसलाई साथीमात्र ठान्छ । रियाले उनलाई बारम्बार सम्झाउँछन् पनि उनलाई । तर, माधवले सुन्दैनन् । अन्ततः माधव रियाको हाफ गर्लफ्रेन्ड मात्र हुन्छिन् । -Agency

Comments