बेलायतमा पनि अनिलाको बादलसँगैं… (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २६ जेष्ठ बुधबार
no img

anila

काठमाडौं । यो पहिलो तस्बिरमा देखिएको दृश्य ठ्याक्कै दोलखाको सैलुङ डाँडाजस्तै छ । गोडा र चौरी चर्ने सैलुङ्गे डाँडाजस्दै देखिएको यो बेलायतको एउटा रमणीय स्थल हो, जसलाई टिस्डले भनिन्छ । हो, यसै स्थानमा गायिका अनिला राईले आफ्नो ‘बादलसँगै उडेर आउँला…’ गीतको छायांकन गरेकी छन् । यस गीतको नेपालमा सैलुङ डाँडामा छायांकन गरिएको छ । एक दशकदेखि बेलायतमै बस्दै आएकी गायिका अनिलाले सोही गीतको लिप्सिङ यस रमणीय स्थानमा छायांकन गरेकी हुन् ।
‘मैले लिप्सिङ पनि सैलुङ डाँडाजस्तै देखिने स्थानमा गरेकी छु’ तस्बिर उपलब्ध गराउँदै अनिलाले भनिन्, ‘म्युजिक भिडियोमा अभिनय गर्ने मोडल र गायिकाको स्थान कम्बिनेशन होस् भनेर त्यस्तै स्थान रोजेकी हुँ ।’ स्क्रीन नेपालको प्रस्तुती र नविनबाबु गुरुङको निर्देशन तथा छायांकन रहेको अनिलाको ‘बादलसँगै उडेर आउँला…’ गीतको भिडियोमा सम्पदा बानियाँ र नरेन खड्काले अभिनय गरेका छन् । नेपाल र बेलायतमा छायांकन गरिएको यो भिडियो अब चाँडै दर्शक तथा श्रोताले हेर्न पाउने भएका छन् । गायिका अनिलाको पछिल्लो एल्बम ‘स्वरांकन’ मा समेटिएको यो गीतको भिडियो नेपालमा भने केही समयअघि नै छायांकन गरिएको हो ।

anila 5 anila 4 anila 2 anila 1

Comments